मेगा नेपाली बाइबल हाजिरीजवाफ प्रतियोगिता (ABC) – निर्देशिकाहरू
सहभागी हुनको लागि निम्नलिखित कुराहरू आवश्यक छन्:
- स्थिर इन्टरनेट पहुँच भएको मोबाइल फोन, ट्याब्लेट वा ल्यापटप हुनुपर्नेछ।
- मण्डलीका सबै सदस्यहरू सहभागी हुन सक्नुहुनेछ।
- तोकिएको पदहरू अध्ययन गर्नको लागि आवाज नेपालको वेब साइट वा YouTube च्यानलको प्रयोग गर्नु पर्नेछ।
- प्रश्नहरू लिखित (text), अडियो र भिडियो ढाँचामा सोधिने छ, त्यसैले सोही अनुसार सहभागीहरू तयारी गर्नु पर्नेछ।
- अनलाइन (Online) र हाइब्रिड (Hybrid) दुवै मोडेलहरू यो प्रतियोगिता गर्न सकिने छ।
मेगा नेपाली बाइबल हाजिरीजवाफ प्रतियोगिताका दिनका लागि निर्देशनहरू
प्रतियोगिता सुरु हुनुअघि कार्यक्रमको प्रक्रिया र नियमहरूको बारेमा निम्न निर्देशनहरू दिनु आवश्यक छ:
- तपाईंहरूले जम्मा ३९ वटा प्रश्नहरूको उत्तर दिनुपर्नेछ, र प्रत्येक प्रश्नको लागि ३० सेकेन्डको समय सीमा हुनेछ।
- तपाईंहरूले जति छिटो र सही उत्तर दिनुहुन्छ, त्यति नै धेरै अंक प्राप्त गर्नुहुनेछ (अंकहरू सहि उत्तर र गतिका आधारमा दिइनेछ)।
- प्रश्नहरू तपाईंको मोबाइल फोन, ट्याब्लेट वा ल्यापटपको स्क्रिनमा एक-एक गरी आउनेछन्।
- प्रतियोगितालाई रोचक बनाउन प्रश्नहरू विभिन्न ढाँचामा सोधिनेछन्: जस्तै लेखत (Text), अडियो (Audio) र भिडियो (Video); जसमा बहु-वैकल्पिक (Multiple choice) प्रश्न-उत्तरहरू हुनेछन्।
- यसको उद्देश्य सहभागीहरूले पदहरू कण्ठ मात्र गर्ने नभई त्यसको अर्थ मनन र आत्मसात् पनि गरून् भन्ने हो।
- हरेक प्रश्नहरू पश्चात 'लिडरबोर्ड' (Leaderboard) मार्फत अंक तालिका देखाइनेछ।
- प्रतियोगिताको अन्त्यमा, सबैभन्दा बढी अंक ल्याउने सहभागीहरूलाई विजेता घोषित गरिनेछ।
- प्रतियोगिता सञ्चालक (Quiz Master) ले Menti.com को लाइभ स्कोरिङ प्रणालीमार्फत सत्रको नेतृत्व गर्नुहुनेछ।
- सहभागीहरूले आफ्नो नाम यस क्रममा राख्नुपर्नेछ: (नाम – फोन नम्बर)।
प्रतियोगिता सुरु भएपछि
- प्रतियोगिता सञ्चालक (Quiz Master) ले मेन्टिमिटरबाट (Mentimeter) QR Code प्रदर्शन गर्नुहुनेछ। तपाईंहरूले उक्त QR Code स्क्यान गर्न सक्नुहुन्छ वा www.menti.com मा गई स्क्रिनमा देखिएको कोड प्रयोग गर्न सक्नुहुन्छ।
- तपाईंहरूले प्रतियोगितामा सफलतापूर्वक जोडिनुभएको सुनिश्चित गर्न थम्स-अप (thumbs-up) वा लाइक (Like ) बटन थिच्नु पर्नेछ ।
- प्रतियोगितामा प्रवेश गर्न आफ्नो पूरा नाम (र छुट्टै पहिचानका लागि मोबाइल नम्बर) राख्नु पर्नेछ। यति गरिसकेपछि 'Join Quiz' बटन थिच्नुहोस् – त्यसपछि, तपाईं यस प्रतियोगितामा सहभागी हुनु हुनेछ ! !