जीवनमा आफ्नो साँचो साथी खोज्नुहोस्

तिमीहरू मेरा मित्र हौ

आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ

शत्रुप्रति प्रेम

जीवनमा एक सच्चा साथी त्यो हो जसले तपाईंलाई निस्वार्थ साथ दिन्छ, तपईंको हरेक सफलतामा हर्षित हुन्छ, र तपाईंको हरेक कठिनाईको समयमा पनि तपाईंको साथमा उभिदिन्छ। तिनीहरू भरपर्दो, इमानदार र वफादार हुन्छन्, तपाईंको हरेक कुरा सुनिदिन्छन् र ज्ञानपूर्ण सल्लाह प्रदान गर्छन्। एक सच्चा साथीले तपाईं त्रुटिपूर्ण वा तपाईं जस्तोसुकै अवस्थाको भएतापनि स्वीकार गर्दछ, र तपाईंलाई असल व्यक्ति बन्न हरदम नै सहयाता गर्न तत्पर रहन्छ। तिनीहरू तपाईंको आनन्द र सान्त्वनाको स्रोतहरू हुन्, र तिनीहरूको उपस्थितिले तपाईंको जीवनमा अझ अर्थपूर्ण गहिराइ थपिदिन्छ।
बाइबलले साँचो मित्रताको बारेमा समृद्ध तथा गहिरो ज्ञान प्रदान गर्दछ। यसले इमान्दारी, बलिदानयुक्त प्रेम, आपसी सहयोग, आनन्द, विश्वासयोग्यता, र मित्रताको परिवर्तनकारी शक्तिका गुणहरूलाई ध्यानाकर्षण गराउँदछ। यी शिक्षाहरूले हामीलाई गहिरो र अर्थपूर्ण मित्रताको खेती गर्न मात्र नभई साँचो मित्रताको ईश्वरीय स्वरूप पनि प्रकट गर्दछ। बाइबलमा यूहन्ना १५:१३ मा, येशूले मित्रताको अन्तत्वगत्व अभिव्यक्ति: बलिदानपूर्ण प्रेमको बारेमा बोल्नुहुन्छ। कहिलेकाहिँ व्यक्तिगत रूपमा ठूलो मूल्य चुकाउनु परेतापनि साँचो मित्रतामा एकार्काको आवश्यकता र भलाइलाई आफ्नै भन्दा माथि राखिनु पर्दछ।


थप जानकारीको लागि च्याट बटन प्रयोग गर्नुहोला!

सेयर गर्नुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.